दफा ३६
बास्तबिक मूल्यको आधारमा क्षतिपूर्ति दिनु पर्ने;
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता भएको कुनै यात्रीगुण्टा बोर्डको कुनै अधिकारीको बदनियत वा लापरबाहीबाट हराएमा, क्षति भएमा वा हस्तान्तरणमा ढिलाइ भएमा बोर्डले .यात्रीगुण्टाको वास्तविक मूल्य बराबरको रकम क्षतिपूर्तिको रूपमा सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम दिइएको क्षतिपूर्ति रकम बदनियत वा- लापरबाही गर्ने अधिकारीबाट बोर्डले असुल गर्न सक्नेछ।